पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा अवरुद्ध बनेको मकवानपुरका सिस्नेरी सडकखण्डमा अपराह्नदेखि यातायात संचालनमा आएको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ ज्यामिरेस्थित बिहीबार बिहान वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाएर यातायात संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।
उनका अनुसार, पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन बैकल्पिक सडक प्रयोग गरेर संचालन भएको थियो ।
