अब साताको चार दिन मात्रै शेयर कारोबार हुने

तु खबर संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १६:१६

काठमाडौं । अब असोजबाट साताको चार दिन मात्रै शेयर कारोबार  हुने भएको छ । बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरिसकेको छ । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको हो ।

सरकारले यसअघि सार्वजनिक विदा हेरफेर गरेपछि नेप्सेको समयअवधि बढाएको थियो । हाल पुरानै सार्वजनिक छुटि भएको हुँदा पुरानै व्यवस्थामा फर्किन लागिएको नेप्सेले जनाएको छ ।