साइकलको ठक्करबाट एक बालिकाको मृत्यु
रौतहट । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना बालिकको मृत्यु भएको छ । सोही नगरपालिका–४ गढैया बस्ने सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । हाल फरार साइकल चालकको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
