शुक्रबार दोहोरो अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १५:३२

काठमाडौं । शुक्रबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ ।

बैंकहरुहरुले आफुखुसि ब्याजदर निर्धारण गर्न पाउने भएसँगै नेप्से सूचक १४ अंकले घटेको हो । नेप्सेमा सूचीकृत २२० कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच हुँदा ९० करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । बिहीबार २ अर्बमाथिको कारोबार भएको शेयर बजारमा आज लगानीकर्ताको उत्साह घटेसँगै कारोबार रकम ९० करोडमा झरेको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज विकास बैंक सूचकको १.२७ प्रतिशतले घटेको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत ह्वात्तै घटेको छ । बिहीबार २ अर्बमाथिको कारोबार भएकोमा आज फेरी कारोबार रकम करोडमा झरेको छ ।