‘विकासका अधुरा सपना पुरा गर्छु’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको विकासको अधुरो सपना पूरा गर्न आफू चुनाबी मैदानमा होमिएको बताएका छन् ।
अध्यक्ष थापाले शनिबार पार्टीको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बाृध गर्दै सो कुरा बताएका हुन् । उनले एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बताए ।
प्रदेश राजधानी बनाउन आफुले महत्वपूर्ण भूमिका निर्बाह गरेको चर्चा गर्दै अध्यक्ष थापाले यहाँको युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, रिङ्ग रोड निर्माण गर्न, विश्व विद्यालय स्थापना लगायत विभिन्न विकासका लागि आफु लागि परिरहेको र आगामी दिनमा पनि पर्ने प्रतिवद्धता जनाए ।
उनले आगामी निर्वाचनमा मकवानपुरको समग्र विकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफुलाई लिने समेत बताए ।
उक्त भेलाले बिनोद लामिछानेको अध्यक्षतामा २३ सदस्यीय राप्रपा नेपाल वडा इकाई कमिटी पुनर्गठन गरेको छ । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, अर्जुन ढुङ्गाना, भृगु कार्की लगायतले मनतव्य व्यक्त गरेका थिए ।
