जेष्ठ नागरिक र अपाङ्गताका लागि डेल्थ डेक्स संचालन

तु खबर संवाददाता
२०७९ आश्विन २, आईतवार १८:०६

सिन्धुली । सिन्धुली जिल्लाको मणि गाउँपालिकाले असोज महिनादेखि आफ्नै पालिकाको भवनमा जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डेल्थ डेक्सको स्थापना गरेको छ ।

पालिका कार्यालयमा आएका गाउँपालिकाको ७ वटै वडाका जेष्ठ नागरिक, अशक्त र अपाङ्गता व्यक्तिहरुलाई सहज होस् भन्ने हेतुले गाउँपालिकाले डेल्थ डेक्सको स्थापना गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्र्यात) ले जानकारी दिए ।

गाउँपालिकाले ती नागरिकहरुलाई आवश्यक पर्ने सेवासुविधा डेल्थ डेक्सबाटै सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष मोक्तानले बताए । यस कार्यलाई गाउँपालिकाले निरन्तरता दिने उनको भनाई छ ।

उनले पालिकाभित्रका अपाङ्गता भएका नागरिकको अवस्था हेरेर क, ख, ग र घ गरी कार्ड वितरण गर्नुका साथै उनीहरुको हौसला बढाउन विभिन्न प्रकारको कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनमा पनि संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।