लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराबजारका एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ वर्षीय बालक क्रियान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, लिचीको दाना घाँटीमा अड्किएपछि यनलाई राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा मृत्यु भएको हो ।
