जडीबुटी खोज्ने क्रममा लडेर पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८१ असार ३,आईतवार ०८:०८
सांकेतिक तस्वीर

काठमाडौं । सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा लडेर एक पुरुषको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मरिण गाउँपालिका–२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार, दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत अवस्थामा भेटिएका हुन् ।

मृतक दंगालीको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको जनाइएको छ ।