मन्त्री श्रेष्ठद्वारा कैदीकन्दीलाई खाना पकाउन राइस स्टिमर हस्तान्तरण

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १७:४५

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन् । मन्त्री श्रेष्ठले आइतबार एक कार्यक्रमबीच जिल्ला कारागार, सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गरेका हुन् ।

कारागारमा रहेका १ हजार कैदीबनदीलाई दाउरा बालेर खाना बनाउनको असहज तथा स्वास्थ्यमा समेत समस्या हुने गरेको गुनासो आएकोले गुनासोको सम्बोधन गर्नुहुँदै मन्त्रि श्रेष्ठले खाना पकाउनको लागि राइस स्टीमर मेसिनको व्यवस्था गरिदिएको जेलर कुसल न्यौपानेले बताए ।

सो क्रममा मन्त्री श्रेष्ठले राइस स्टिमर नेपालमा सेना तथा प्रहरीले मात्रै प्रयोग गरेको बताउँदै प्रदेशभित्र रहेका थुप्रै कारागार मध्य पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको बताए । मन्त्री श्रेष्ठले यो प्रविधि सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्ने बताए ।

मन्त्री श्रेष्ठले २४ ट्रे को २ थान र १२ ट्रे २ थान गरी चार थान राइस स्टिमर कारागारलाई प्रदान गरेका छन् । जसमा एक पटकमा २४ ट्रे मा ७५ किलो र १२ ट्रे मा ३५ किलो चामल पकाउन मिल्ने छ ।