आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार १६:३४

सिन्धुली । सिन्धुलीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ पन्थचौरी लामपात बस्ने ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनकै छोरा २१ वर्षीय अमृत घिमिरे विकलाई पक्राउ गरिएको हो ।

अमृतले लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमृतलाई प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनाको बारेमा कानूनी प्रकृया अगाडि बढाएको छ ।