सिन्धुलीको एनसेल टावरमा विस्फोट

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार १५:३६

काठमाडौं । सिन्धुलीको एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा बिहान १ बजेको समयमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको जनाइएको छ ।

विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ नपरेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।