समाचार
बुधबार सेयर बजारमा सुधार
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा ब्याजदर बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको थियो ।...
कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित भएको छ । सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । हेर्नुहोस् सूचि । १. सदस्य – सहमहामन्त्री फरमुल्लाह मंसुर...
बच्चा चोर्न खोजेको आरोपमा चार जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय...
आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय शान्ति दिवस । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन्...
भोकमरीले हरेक चार सेकेन्डमा एक जनाको मृत्यु हुने चेतावनी
काठमाडौं । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले संसारमा भोकमरीले हरेक चार सेकेन्डमा एक जना व्यक्तिको मृत्यु हुने चेतावनी दिएको छ । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर...
बागमती प्रदेशमा डेंगु संक्रमणका कारण ११ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । उक्त संक्रमणका कारण मकवानपुरसहित ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार, डेंगु संक्रमणका कारण काठमाडौंमा ४ जना, ललितपुरमा २ जना, सिन्धुपाल्चोकमा २ जना, मकवानपुरका...
‘राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ’
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक रहेको दाबी गरेका हुन् । उनले खेलेका छन्, ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान...
१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । हेर्नुहोस् निर्वाचन अधिकृतको कार्यालयका विवरण ।
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालको मौसममा ओडिसा र आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखी मध्यम वर्षा भईरहेको छ ।...
मकवानपुरमा सवारी दुर्घटना, एक जना घाइते
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलबार साँझ मनहरी गाउँपालिका वडा नम्वर ८ देवकोटस्थित भित्री सडकखण्डमा देवकोटबाट मनहरीतर्फ आउँदै गरेको ना ६९ प ३११६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...









