बुधबार सेयर बजारमा सुधार

तु खबर संवाददाता
२०७९ आश्विन ५,बुधबार १५:४२

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ ।

बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा ब्याजदर बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । यसैको प्रभावले आइबार र मंगलबार शेयर बजारमा भारी गिरावट आएको थियो ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ७२ करोड १२ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । लगातार घटेको शेयरबजारका कारण लगानीकर्ताहरुमा उत्साह घटेर कारोबार समेत घट्न पुगेको छ ।