समाचार
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन शेयर बजारमा एकाएक ११ अंकको सुधार देखिएको थियो । बैंकहरुको ब्याजदर परिमार्जनले सुधार देखिएको नेप्से...
हेटौंडाका स्याङ्तान र मोक्तान प्रहरीको फन्दामा
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ३२ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङ्तान र ३५ वर्षीया लक्ष्मी...
बागमती प्रदेशः विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गरिने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा छनौटका लागि सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा भौतिक पूर्वाधार विकास...
बसको ठक्करबाट श्रेष्ठको मृत्यु
काठमाडौं । भक्तपुरमा पर्यटक बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, श्रेष्ठलाई बुधबार साँझ सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नं. को बसले...
गायक दीपक बज्राचार्य असोज ११ गते हेटौंडा आउने
मकवानपुर । गायक दीपक बज्राचार्य असोज ११ गते हेटौंडा आउने भएका छन् । होटल एसोसिएसन मकवानपुरले बडा दसैंको अवसरमा आयोजना गर्न लागिएको दसै विशेष कार्यक्रममा सहभागी हुन उनी हेटौंडा आउन लागेका हुन् । हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा हुने टुबोर्ग प्रिमियम नाईटमा बज्राचार्यले आफ्नो टिम रिदम व्याण्डको प्रस्तुती दिने...
जनता समाजवादी मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान चयन भएका छन् । पार्टीको बुधबार हेटौंडामा भएको जिल्ला पुनर्गठन घोषणा कार्यक्रमले घलानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षहरुमा योग बहादुर ब्लोन, दीपक सिन्तान, देवराज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा...
कपन आगलागीमा परेर तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा गएराति आगलागीमा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् । कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी...
खुकुरी प्रहार गरी भुटानी शरणार्थीको हत्या
झापा । झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका एक व्यक्तिको बुधबार अपराह्न हत्या भएको भएको छ । दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसोबास गर्दै आएका एलबी भनिने ४६ बर्षीय लालबहादुर गुरुङको झापा र इलामको सिमानामा रहेको रतुवाखोलास्थित झोलुंगे पुलमा अज्ञात समूहले खुकुरी प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ ।...
अवैध सुनसहित तीन जना प्रहरीको फन्दामा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल...
तीन विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
मकवानपुर । मकवानपुरको मनहरी वडा नम्वर ४ मसिनेका तीन वटा विद्यालयका बालबालिकालाई बुधबार विद्यालय पोशाक वितरण गरिएको छ । मसिनेको पशुपतिनाथ मावि, चेपाङ प्रावि र सृजना प्राविका २२५ जना विद्यार्थीलाई विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपाल नामक गैससले विद्यालय पोशाक वितरण गरेको हो । विपन्न समुदायका बालबालिकालाई अध्ययनमा...









