जनता समाजवादी मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान चयन भएका छन् । पार्टीको बुधबार हेटौंडामा भएको जिल्ला पुनर्गठन घोषणा कार्यक्रमले घलानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षहरुमा योग बहादुर ब्लोन, दीपक सिन्तान, देवराज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा पर्वत स्याङ्बो, ग्रबे्रल च्योबाङ र कोषाध्यक्षमा रिता सार्की चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमशः वीरेन्द्र गोले, सन्त लोप्चन, मानबहादुर माझी, सुजन तामाङ, हर्क प्रजा, जेम्स प्रजा, राजकुमार घिमिरे, जित मान सिं वाईबा, सीता तामाङ, रन्जु गोम्जा, राधिका सिन्तान र जुरे बहादुर घिसिङ रहेका छन् ।