हेटौंडा–५ स्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण
मकवानपुर । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण गरिएको छ । भैरव अर्यालको ८६ औं जन्मजयन्तिको अवसरमा बुधबार एक कार्यक्रमबीच प्रतिमामा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा बरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले माल्यार्पण गर्दै मन्तव्य व्यक्त गरेका थिए । पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको प्रतिमा मोरङका नविन सुवेदीले तयार गरिदिएको र सो प्रतिमा काठमाण्डौं उपत्यकापछि हेटौंडामा दोश्रो रहेको उनले बताए ।
कार्यक्रम साहित्य संगम मकवानपुरका सचिव डिबी बर्तौलाले सञ्चालन गरेको कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।
