देशभर ७४ कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ आश्विन ४, मंगलवार १६:३०
filr-photo

काठमाडौं । नेपालमा थप ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५३५ जनाको पीसीआर र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यससँगै देशभ्र सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, सो अवधिमा १६० जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।