ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगलागी, ३ जना घाइते
काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चितवनका ३० वर्षीय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह रहेका छन् ।
उनीहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा जलेका उनीहरुलाई तत्कालै उद्धार गरेर स्टार अस्पताल सानेपामा लगिएको र त्यहाँ प्राथमिक उपचारपछि कीर्तिपुर पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।
