थप ८१ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ आश्विन ५, बुधबार १७:३५
file-photo

काठमाडौं । देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २६ घण्टामा ३ हजार ४४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा १७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४८३ जना रहेको जनाएको छ ।