उपेन्द्र यादवले भनेः हेटौंडामा २५ मिटर सडक विस्तार हुनुपर्छ

तु खबर संवाददाता
२०७९ आश्विन ५, बुधबार १६:३१
file-photo

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हेटौंडामा २५ मिटर सडक विस्तार आवश्यक रहेको बताएका छन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए ।
उनले सडक क्षेत्रमा पर्ने घरधनीको पहिचान गरी राज्यले क्षतिपूर्ति उपलब्ध गराएर सडक विस्तार गर्न सुझाव दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने खण्डको दायाँबायाँ २५/२५ मिटर विस्तार कार्य वर्षौँअघि सुरु भएपनि अदालतको स्टे अर्डरका कारण रोकिएको छ । बागमती प्रदेश सरकारले भने केही दिनअघि पत्रकार सम्मेलनमार्फत् सडकको दायाँबायाँ १६/१६ मिटर मात्रै विस्तार गरिने जनाएको छ ।