मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन ६, बिहीबार १६:०८
फोटो: स्थानीय समाजसेवी सरोज थापाबाट ।

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परेर दर्जनौ यात्रु घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली पुगेको छ । उक्त दुर्घटनाबारे पुरै विवरण आउन बाँकी छ ।

फोटोः स्थानीय समाजसेवी सरोज थापाबाट ।