समाचार
घाँस काटन गएकी महिला मृत फेला
महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्वर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षीया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेको प्रहरलिे जनाएको छ । प्रहरीका अनुसार, अमना शुक्रवार घास काटन जंगल गएकी थिइन ।...
विद्यालयका पूर्बप्रधानाध्यापक पराजुलीद्वारा विद्यार्थीलाई छात्रबृत्ति
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माविका पूर्बप्रधानाध्यापक तीर्थराज पराजुलीले सो विद्यालयबाट २०७८ को माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ठ नतिजा प्राप्त गर्ने छात्र र छात्रालाई छात्रबृत्ति प्रदान गरेका छन् । पराजुलीले आफ्नो मातापिता शिबकुमारी–रामजीप्रसाद पराजुली स्मृतिमा छात्रबृत्ति कोष स्थापना गरी शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई...
हेटौंडाका तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित जिल्ला ट्रापिलक प्रहरी काय अगाडिबाट अन्दाजी २० प लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१९ बस्ने ६० वर्षीय प्रेमबहादुर थिङ, हेटौंडा–३ बसामाडी बस्ने ४० वर्षीया कबिता थिङ र...
मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ न्यूरेनीस्थित नागदहमा शुक्रबार अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा– १५ का १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्शाङ जिम्बा र १३ वर्षीय सन्जीव मोक्तान रहेका छन् । पौडी खेल्न...
थपिए ७६ जना कोरोना संक्रमित, भए ८७ जना संक्रमणमुक्त
काठमाडौं । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९...
हेटौंडामा २३ जनाले गरे रक्तदान
मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार भएको रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेका छन् । हेटौंडा अटोमोबाइल्स एशोसिएयन तथा नाडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा बुद्धचोकस्थित भएको रक्तदान उनीहरुले रगत दान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार, २२ जना पुरुष र १ जना महिलाले रक्तदान...
मकवानपुरमा थप २७ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ एकैदिन २४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मनहरी गाउँपालिकाका एक जना र भीमफेदी गाउँपालिकाका दुई जनामा डेंगु...
दशैंमा यातायातको सहज व्यवस्थापन गर्न समिति गठन
काठमाडौं । चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे,...
एमालेसँग चुनावी तालमेलबारे छलफल गर्न लोसपाको समिति गठन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति गठक गरेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र...
निर्वाचन आयोगद्वारा असोज २० भित्र कार्यालय स्थापना गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो निर्देशन गरेका हुन् । आयोगले यसअघि सबै जिल्लामा जिल्ला निर्वाचन...










