हेटौंडाका तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ आश्विन ८, शनिबार ०९:००
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित जिल्ला ट्रापिलक प्रहरी काय अगाडिबाट अन्दाजी २० प लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१९ बस्ने ६० वर्षीय प्रेमबहादुर थिङ, हेटौंडा–३ बसामाडी बस्ने ४० वर्षीया कबिता थिङ र ३६ वर्षीया सिरसानी मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार बेलुका साढे ४ बजेको समयमा बसामाडीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह २३६३ नम्वरको अटोलाई रोकी चेकजाँच गर्दा अटोको पछाडी भागमा लुकाई छिपाई ल्याएको २ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएपछि अटो चालक प्रमेबहादुर थिङसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यका अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।