मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ न्यूरेनीस्थित नागदहमा शुक्रबार अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा– १५ का १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्शाङ जिम्बा र १३ वर्षीय सन्जीव मोक्तान रहेका छन् ।
पौडी खेल्न गएका चार जनामध्ये हेटौंडा– ८ का १२ वर्षीय रियान्स माझी भने पौडी खेलेरै बाहिर उत्रिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
