ट्रयाक्टरले किचेर बालकको मृत्यु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शुक्रबार बिहान ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशील पाुवान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका थिए । त्यसपछि सोही ट्रयाक्टरको चक्काले किचेर गम्भिर भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लैजाँदै गर्दा बाटैमै मृत्यु भएको हो ।
उक्त घटनापछि ट्रयाक्टर चालक वीरगञ्ज– २१ मै बस्ने २८ वर्षीय सुनिल यादव फरार रहेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।
