दुर्घटनामा परेर एक जनाको मृत्यु
दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्वरको जीप पल्टिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परे घाइते भएकाहरुको उपचार भइरहेको जनाइएको छ ।
