मदन भण्डारी फाउण्डेसनको आयोजनामा शुभकामना आदानप्रदान

तु खबर संवाददाता
२०७९ आश्विन ८, शनिबार १६:४९

मकवानपुर । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिबार हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवम् फाउण्डेसनका केन्द्रीय नेता तथा बागमती प्रदेशका पूर्ब मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, जुनेली श्रेष्ठ, एमालेका बागमती प्रदेश कमिटीका उपसचिव महेश कुमार बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।