निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक दलहरूसँग छलफल गर्दै

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार ०८:३०

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार, छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।