थप ५१ जनामा कोरोना संक्रमण, १०० जना संक्तमणमुक्त
काठमाडौं । देशभर थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाका नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५४४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०० जना संक्रमणमुक्त भएका ह्नु । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २२३ जना रहेका छन् । जसमध्ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।
