अवैध लागूऔषधसहित गुरुङ पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन १०, सोमबार १६:२९

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुबिभ्याली गाउँपालिका–७ बस्ने २९ वर्षीय धनबहादुर गुरुङ रहेका छन् ।

उनलाई सोमबार दिउँसो प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूी प्रकृया अगाडि बढाइएको छ ।