मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुुवाई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार। मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
