१९ किलो चाँदीसहित भारतीय नागरिक प्रहरीको फन्दामा
काठमाडौं । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् ।
प्रहरीका अनुसार, शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा उक्त परिमाणको चाँदी भेटिएकोलेले उनलाई पक्राउ गरिएको हो । उनको साथबाट बरामद गरिएको १९.४१७ किलो चाँदीको रु १९ लाख ६४ हजार तीन सय ४० मूल्य बराबर पर्ने जनाइएको छ ।
बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
