समाचार

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, आज दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश एक, गण्डकी...

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने

काठमाडौं । निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको हो । सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै...

नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा सोमबार डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा पल्टिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुम सुस्ता–४ का २२ वर्षीय...

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं । नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि आज दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणापत्र गर्ते एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५०४५ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ४५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ४५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा २...

एमालेको घोषणापत्र मंगलबार सार्वजनिक हुने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तयार बनाएको निर्वाचन घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । उक्त घोषणापत्र मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट सार्वजनिक गर्ने तयारी गरेको एमाले प्रचार–प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए...

दुर्घटनामा परेर घाइते भएकी बालिकाको मृत्यु

वीरगञ्ज । बारामा कात्तिक ६ गते भएको सवारी दुर्घटनामा परे गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी घर भएका २२ वर्षीय सरोज कुमार साहको ४ वर्षीया छोरी अंशिका कुमारी साह रहेका छन् । दुर्घटनामा परेर घाइते नाबालिकाको आइतबार राति साढे ११ बजे एलएस न्यूरो...

आसन्न निर्वाचनका लागि कात्तिक १७ देखि जुलुस र आमसभा गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने भएको...

कांग्रेस बागमतीद्वारा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । बागमती प्रदेश कार्यसमितिले सोमबार सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकको जिम्मेवारी बागमती प्रदेश उपसभापति चन्द्र...

सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । साताको दोस्रो दिन अर्थात् तिहारपछिको आज पहिलो शेयर कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार...