समाचार
पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सेवा सम्पन्न
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सेवा सम्पन्न भइसकेको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको निर्वाचन आयोगले जनाएको छ ।...
सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् ।...
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा स्थगित
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी गराएको हो । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने...
मन्दिरभित्र पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको न्युरोडमा आज बिहान एक जना पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र अन्दाजी ५६ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । मृतक पुरुषको हाल सनाखत हुन...
दुर्घटना गराएर फरार भएका कार चालक पक्राउ
बुटवल । रुपन्देहीको ओमसतियामा सोमबार दुर्घटना गराएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीे रहेका छन् । चौधरीले चलाएको बा.८.च. ६५३२ नम्वरको टाटा इण्डिका कारले तीन जनाको ज्यान गएको छ । उक्त कार सिद्धार्थनगर–४ पिप्रहिया गाँउमा त्रिपालले छोपेर राखेको अवस्थामा...
मंगलबार उच्च अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनाव नजिकिएसँगै शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३० विन्दुमा पुगेको छ । लामो समयअन्तरालपछि नेप्से इन्डेक्स १९ सय विन्दुमाथि उक्लिन पुगेको हो...
हेर्नुहोस् एमालेको घोषणापत्रको पूर्णपाठ
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले ५ वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको याक एण्ड यति होटलमाबाट डिजिटल प्रविधिमार्फत आसन्न...
सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो...
एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने
काठमाडौं । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५...
एमालेको घोषणा : हेटौंडा–काठमाडौं रोप वे सेवालाई पुनः संचालन गर्ने
काठमाडौं । नेकपा एमालेले बन्द रहेको हेडौंडा–काठमाडौ रोप वे सेवालाई पुनः संचालन गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् । एमालेले रोप वेलाई पुनः...








