एमालेको घोषणा : हेटौंडा–काठमाडौं रोप वे सेवालाई पुनः संचालन गर्ने

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १५:४३

काठमाडौं । नेकपा एमालेले बन्द रहेको हेडौंडा–काठमाडौ रोप वे सेवालाई पुनः संचालन गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् ।

एमालेले रोप वेलाई पुनः सञ्चालन गरी काठमाडौं केन्द्रित मालसामानको ढुवानी गर्ने उनले बताए । यस्तै, नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बने आगामी ५ वर्षभित्रै देशमै रासायनिक मल कारखाना खोल्ने घोषणा पनि गरेको छ । ।

यस्तै, एमाले खानपिनको बानीमा परिवर्तन गरी ५ वर्षमा पाँच लाख परिवारलाई खाद्य सुरक्षा प्रदान गर्नुका साथै प्रत्येक वर्षमा १ लाख परिवारलाई खाद्य सुरक्षा दिइने घोषणापत्रमा उल्लेअ गरिएको छ ।