मन्दिरभित्र पुरुषको शव फेला

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १६:२८
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको न्युरोडमा आज बिहान एक जना पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र अन्दाजी ५६ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । मृतक पुरुषको हाल सनाखत हुन सकेको छैन । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा उनको हत्या भएको जस्तो दखिएपनि पुष्टि भइनसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।