पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सेवा सम्पन्न

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १७:००

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सेवा सम्पन्न भइसकेको छ ।

यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको छ ।

हालसम्म आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसङ्ख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामग्री ढुवानी गरिने भएको जनाइएको छ ।