दुर्घटना गराएर फरार भएका कार चालक पक्राउ
बुटवल । रुपन्देहीको ओमसतियामा सोमबार दुर्घटना गराएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीे रहेका छन् ।
चौधरीले चलाएको बा.८.च. ६५३२ नम्वरको टाटा इण्डिका कारले तीन जनाको ज्यान गएको छ । उक्त कार सिद्धार्थनगर–४ पिप्रहिया गाँउमा त्रिपालले छोपेर राखेको अवस्थामा सोमबार साँझ बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
उक्त कारको ठक्करबाट सोमबार बिहान पौने ५ बजे ओमसतिया ४ पननीका वर्ष २८ की परमशिला कुर्मी, वर्ष १४ कि सिमा कुर्मी र २ महिनाको श्रीराम कुर्मीको मृत्यु भएको थियो । उक्त घटनाबारे आवश्यक अनुन्धान भइरहेको छ ।
