कांग्रेस बागमतीद्वारा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार १६:२५
file_photo

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बागमती प्रदेश कार्यसमितिले सोमबार सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकको जिम्मेवारी बागमती प्रदेश उपसभापति चन्द्र महर्जनलाई दिइएको छ ।

यस्तै, महामन्त्री राजु श्रेष्ठ, दीर्घमान श्रेष्ठ ऋषिराम घिमिरे, जीवन ढंगोल, हरिशरण श्रेष्ठ, जगदिश्वरनरसिंह केसी, मिलनबाबु श्रेष्ठ, बलाराम पौडेलसहित २५१ जना समितिका सदस्य रहेका छन् ।