आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
२०७९ कार्तिक १५, मंगलवार ०७:४३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, आज दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश एक, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भोलि हल्का वर्षाको सम्भावना रहेको छ ।
