नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार ०७:३३

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा सोमबार डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा पल्टिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुम सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ता रहेका छन् । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी रहेका छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।