दुर्घटनामा परेर घाइते भएकी बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार १६:५२
File Photo

वीरगञ्ज । बारामा कात्तिक ६ गते भएको सवारी दुर्घटनामा परे गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी घर भएका २२ वर्षीय सरोज कुमार साहको ४ वर्षीया छोरी अंशिका कुमारी साह रहेका छन् ।

दुर्घटनामा परेर घाइते नाबालिकाको आइतबार राति साढे ११ बजे एलएस न्यूरो हस्पिटल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएके छ ।

कात्तिक ६ गते बिहान सवा ६ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगिया बस्ती जाने बाटोमा सवारी दुर्घटना भएको थियो ।

पथलैयाबाट चपुर जादै गरेको ना १ ज ७२४५ नं.को जिपको बाँयातर्फको चक्का अचानक पड्किएर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा अंशिकासहित ५ जना घाइते भएका थिए ।