सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार

तु खबर संवाददाता
२०७९ कार्तिक १४,सोमबार १६:१५

काठमाडौं । साताको दोस्रो दिन अर्थात् तिहारपछिको आज पहिलो शेयर कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १.ण्६५ प्रतिशत र अन्य समूहको १.५९ प्रतिशतले बढेको छ ।