एमालेको घोषणापत्र मंगलबार सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार १७:००

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तयार बनाएको निर्वाचन घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ ।

उक्त घोषणापत्र मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट सार्वजनिक गर्ने तयारी गरेको एमाले प्रचार–प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।