समाचार

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५७५९ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ७५९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ७५९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि मंगलबारसम्मको हो । जसमा...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा शिक्षक सरुवामा रोक

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवामा रोक लगाएको हो । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल...

प्रदेश सभाको समानुपातिकतर्फ ६ प्रदेशमा एमाले र १ प्रदेशमा कांग्रेस अगाडि

काठमाडौं । प्रदेश सभाको समानुपातिकतर्फको मतगणना अन्तरगत ६ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकतर्फ अगाडि देखिएको छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो...

मंगलबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से परिसचूक आज २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख रुपैयाँमाथिको...

एकीकृत समाजवादीको निर्णय : गठबन्धनलाई निरन्तरता दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश...

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । अवैध लागू औषधसहित कञ्चनपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले स्थानीय ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय...

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले प्रशासकीय अधिकृत हुँ भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियार रहेका छन् । प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी...

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत प्राप्त गरे । विजयी भएका महासेठ...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४०१७७ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४० हजार १७७ जना पुगेको छ । प्रदेशमा गत साउनदेखि सोमबारसम्ममा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा...