समाचार
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा शेयरबजार सुधारका निमित्त खासै...
गेष्ट हाउसमा पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको माछापोखरी स्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्वर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइरालाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका...
धनकुटामा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प...
मकवानपुरका नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण
मकवानपुुर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा मकवानपुरबाट निर्वाचित सांसदहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । प्रतिनिधि सभाका २ जना र प्रदेशसभाको ४ जना सांसद्लाई प्रमाणपत्र वितरण गरिएको हो । उनीहरुलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र निर्वाचन क्षेत्र नम्वर–२ का...
समानुपातिकतर्फ १५ प्रतिशत मात्रै मतगणना बाँकी
काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मात्रै मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधि सभामा हालसम्म ९३ लाख ८ हजार १६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ ।...
निमावि तह : विज्ञान शिक्षक पदको लिखित परीक्षकको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिईएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो । आयोगले प्रदेश–१ मा १०१ रिक्त दरबन्दीको...
निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई खर्च विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न सबैलाई निर्देशन दिएको हो । पहिलो हुने...
दोलखामा रद्द भएका मतदान केन्द्रमा पुनः निर्वाचन हुने
काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाच्न हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले यही मंसिर १५ गते पुनः निर्वाचन गराउने निर्णय गरेको हो । निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले आजैदेखि निर्वाचनको तयारी थालिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।दोलखाका १० वटा...
माओवादीका ललितपुर संयोजक र सचिवद्वारा राजीनामा
काठमाडौं । माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधि सभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले राजीनामा दिएका हुन् । उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी...
अवैध लागूऔषधसहित एक जना पक्राउ
कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बस्ने २६ वर्षीय शिबु चौधरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा जिन्स पाईन्टको खल्तीमा...










