समाचार
माओवादीले समानुपातिकमा १० लाख मत कटायो
काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गन्दा सो पार्टीले समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो । त्यस्तै, सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको...
यी तीन बाहेक सबै जिल्लाको मतपरिणाम मंसिर १३ गतेभित्र सार्वजनिक हुने
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको मतपरिणाम मंसिर १३ गतेभित्र सार्वजनिक हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका...
दृष्टिबन्धकी जग्गा फिर्ता माग गर्दै धर्नामा बसेका समुहमाथि दुर्व्यवहार
मकवानपुर । आफ्नो दृष्टिबन्धकी जग्गा फिर्ता माग गर्दै धर्नामा बसेका समुहलाई पीडक पक्षले दुर्व्यवहार गरेका छन् । हेटौंडाको बुद्धचोकमा पीडक नियमराज शाक्यका समुहले पीडित जगतबहादुर विकसहितको समुहलाई दुर्व्यवहार गरेको हो । जगत बहादुरको बन्धकी जग्गा फिर्ता गर्न माग गर्दै गत मंसिर २९ गतेदेखि हेटौंडा–१ बुद्धचोकस्थित पीडक नियमराज शाक्यको घर...
निमावि तहको गणित, विज्ञानमा ५७ जनामात्रै पास
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । सबै प्रदेशमा गरी ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्रै लिखित परीक्षा उतीर्ण गरेको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार, गत चैत १७ गते भएको सामान्य...
अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
वीरगञ्ज । बारामा अटोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको निजगढ नगरपालिका–१ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२–०३–००१ ह ४३३ नम्वरको...
कांग्रेसद्वारा सुनसरी–४ मा पुनः मतगणना गर्न माग
सुनसरी । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिजो मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका...
समानुपातिक तर्फ एमालेले २३ लाख, कांग्रेसले २२ लाख मत कटायो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिक तर्फ २३ लाख कटाएको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कांग्रेस २२ लाख १ हजार ७९४ मतसहित दोस्रो र माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मतसहित तेस्रो...
विश्वकप फुटबल अन्तरगत आज चार खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ...
एमालेका सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित
इलाम । इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै निर्वाचित भएका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । यस क्षेत्रबाट २०७४ सालमा पनि...
दुर्घटनामा परेर एक युवकको मृत्यु
तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फेदाप गाउँपालिका वडा नम्वर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ को २१ प ४२२८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । म्याङलुङबाट घर...










