इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १९,सोमबार ०९:३८
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छन् भने अर्का एक घाइते भएका छन् ।
आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, झगडामा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भएका थिए ।

घाइतेमध्ये गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । लीको भो सोही अस्पतालमा उपचार भइरहेको छ ।

चक्कु हान्ने फेङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।