समाचार

नाइजेरियामा बन्दुक आक्रमणबाट १५ जनाको मृत्यु

नाइजेरिया । उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा परेर १५ जनाको मृत्यु भएको छ । साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिए । कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरी सो आक्रमण गरेको राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन्...

समानुपातिक तर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएर अग्रता कायमै राखेको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ । यस्तै, नेपाली कांग्रेसको १९ लाख ३९ हजार १०४ मतसहित दोस्रो स्थानमा, नेकपा माओवादी केन्द्रको ८ लाख ६२ हजार ६६९, राष्ट्रिय स्वतन्त्र पार्टीको...

झलनाथ खनालद्वारा पुनः मतदानको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएको भन्दै पुनः मतदानको माग गरेका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्न माग गरेका हुन् । पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि...

मोरङ ३ बाट कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । राप्रपाबाट...

सांसद् भट्टराईलाई महामन्त्री थापाले दिए बधाई

पोखरा । नेपाल परिवार दलका महामन्त्री एवम् गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापाले प्रतिनिधि सभामा निर्वाचित विद्या भट्टराइलाई बधाई दिएका छन् । थापाले नेकपा एमालेको तर्फबाट कास्की जिल्ला निर्वाचन क्षेत्र नम्वर –२ बाट निर्वाचित भट्टराईलाई देश र जनताको हितका लागि इमान्दारितापूर्वक काम गर्न शुभकामना दिए । महामन्त्री थापाले ‘समृद्ध नेपाल,...

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम । तेह्रथुम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । त्यसैगरी, एमालेका विजय सुब्बाले १८ हजार छ सय २३ मत प्राप्त गरे । उनीहरुबीच...

बागमती प्रदेशमा कांग्रेसले १८ सिट जित्यो, ६ सिटमा अग्रता

काठमाडौं । प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ । बागमती प्रदेशमा कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायमै छ । कांग्रेसको पछिपछि रहेको एमालेले ९ सिटमा...

आजको मौसम सामान्यतः सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले बिहान देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु–भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज देशका हिमाली भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतः सफा...

७ वर्षपछि पक्राउ परे मगर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले २०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका– ७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्राउ परेका...

सर्लाही २ मा पछि परे राजेन्द्र महतो

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्वर २ मा लोसपाका राजेन्द्र महतो पछि परेका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडेका नेसपाका नेता महिन्द्र राय यादवले अग्रता कायम गर्दै महतोलाई पछि पारेका हुन् । हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् भने लोसपाका महतोले १७ हजार १३२...