गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
काठमाडौं । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्वर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बिहान घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको र त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली जाँदै गरेको जनाइएको छ ।
